बीरेन्द्रको कला मोह

 

काठमाडौं,
कार्तिक १५ ।

बिगत ६ बर्षदेखि रेडियोको दुनियाँमा आफ्नो आवाजको जादु स्रोतामाझ झर्दै आएका एक परिचीत नाम हो बीरेन्द्र कुमार साह । रेडियो सुनाखरी हुँदै हाल रेडियो मकालु बिराटनगरमा आबद्ध रहेका साह प्राय जसो स्टेज कार्यक्रम सञ्चालनमा ब्यस्त रहने गरेका छन् ।

सुनबर्शी नगरपालिका वडा न २ निवाशी साह हाल बिराटनगर बस्दै आएका छन् उनी । २ बर्ष अगाडी साहले आफ्नो एकल रचनामा रहेको मन नामक गीति एल्बम समेत बजारमा ल्याईसकेका छन भने अन्जु पन्तको तिमले धोका दिएर नै, दिपक किरातिको तिमी हास्नु अर्कैसँग लगायत एक दर्जन भिडियोमा अभिनय पनि गरेका छन् ।

मोडलिग क्षेत्र पनि आफूलाई मनपर्ने बताउने बीरेन्द्रले राम्रो चलचित्रको अफर आए चलचित्रमा अभिनय गर्ने समेत बताए । प्रेमको सवालमा साह भन्छन– ‘अहिलेसम्म प्रेममा परेको छुईन तर मेरो स्रोता एवम् दर्शक मलाई माया गरेर धेरैले आइ लभ यु भनेर म्यासेज पठाउनुहुन्छ।

छोटो समयमा निक्कै ख्याति कमाएका बीरेन्द्रले अभियन गर्ने क्षमता छ भने मोफसलमा रहेर गर्न सकिने रहेछ भन्ने चुनौति समेत दिएका छन् ।

आर्यन मङ्गोलियन समुदायका मात्र यस क्षेत्रमा जमिरहेको अवस्थामा मधेसीमुलका बीरेन्द्र आफ्नो कलासंस्कृति प्रति पनि उत्तिकै कलाको माध्यमबाट जर्गेना गर्ने सोच राख्दछन् ।

यसमा तपाइको मत

अन्य समाचार