सउलमा भएको ब्राइडल अवार्ड २०१७मा सिम्रन थर्ड रनरअप

काठमाडौं
कार्तिक ९ ।

अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकी चेली सिम्रन खड्काले चौथो स्थान हासिल गर्न सफल भएकी छन् ।

दक्षिण कोरियाको सउल शहरमा आयोजना भएको प्रतियोगीतामा उनले १९ देशका सहभागी मोडललाई पछि पार्दै चौथो स्थान अर्थात थर्ड रनर अपको अवार्ड हात पारेकी हुन् । उनले अवार्डको साथमा ५० लाख कोरियान वन र मेडल समेत हात पारेकी छन् ।

अवार्डमा कोरियाकी चोइ यिवनसु शिर्ष अवार्ड हात पारेकी छन्, भने रसियाकी अनिता स्टाफिभाले सेकेन्ड रनर अप र मङ्गोलीयाकी अनुदार दास दोर्जले सेकेन्ड रनर अपको उपाधि आफ्नो देश भित्र्याउन सफल रहे ।

२० देखि २४ अक्टुबरसम्म आयोजना भएको अवार्डमा सहभागी भएर सिम्रन बिहिबार साँझ स्वदेश फर्किएकी छन् । कोटेस्वर निवासी २० बर्षिया खड्काले आफुले कल्पना नगरेको उपलब्धी हात पारेको बताइन् ।

खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाएको हो । नेपालको तर्फबाट पहिलो पटक सहभागी अवार्डमा खड्काले नेपालको नाम राख्न सफल भएको नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले बताए ।

बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्का डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित सहभागी भएकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार