नेपाल इन्भेष्टमेण्ट बैङ्कको ३१ औ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ,
कार्तिक ०७ ।

नेपाल इन्भेष्टमेण्ट बैङ्कको ३१ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०७३–७४ को बैङ्कको वित्तिय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।

सभाले बैङ्कको सस्थापक शेयरधनीका तर्फबाट ४ जना सञ्चालक निर्वाचित गरेको छ । कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सुर्यप्रकाशलाल श्रेष्ठ, र पृथ्वीबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

साधारणसभाले २०७३-७४ सम्मको सञ्चित मुनाफाबाट २०७४ आषढ मसान्तमा कायम शेरयर पुजिँको १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभान्श दिने प्रस्ताव समेत पारित गरेको छ । योसँगै बैङ्कको चुक्ता पुँजी १० अर्व ६२ करोड पुगेको छ । बैङ्कको सचिति रकम ८ अर्व ८ करोड पुगेको जानकारी साधारण सभामा दिइएको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.ले ‘दि बंैकर’ फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैङ्क अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ‘क’ वर्गको रेटिङ पनि २०६७/०६८ देखि लगातार हासिल गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार