काठमाडौं,
असोज २९ ।
चलचित्र ‘नाई नभन्नु ल–२’मा मर्ने कसैलाई रहर हुँदैन, यी अाँखामा तिमी छौं गीत गाएर चर्चामा आएका गायक प्रेम परियार ‘लाइदिम लाइदिम’ भन्दै आएका छन् । निकै लामो समयपछि प्रेमले यो प्रेमभाव गीत गाएका हुन् । महेश आचार्यको शब्दरचना रहेको यस गीतलाई हरि लम्सालले सङ्गीत गरेका हुन् ।
गीतको भिडियोलाई गीतकार दर्पण राईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मोडल सम्झनालाई फिचरिङ गरिएको छ भने गायक प्रेम नै हिरो देखिएका छन् ।
एक गायकले गाउँदा–गाउँदै कल्पना गरेको प्रेमभावलाई भिडियोमा चित्रण गरिएको छ । भिडियोलाई फरक तरिकाले निर्माण गरिएको निर्देशक तथा मोडल दर्पणले बताए । कोचे मल्टिमिडियाको पोस्ट प्रोढक्शन रहेको यस भिडियोलाई जनक अधिकारीले खिचेका हुन् भने सम्पादन प्रेम शर्माले गरेका हुन् ।






