काठमाडौं,
असोज २४ ।
नेपाली चलचित्र पञ्चायत अमेरिकाको सनफ्रान्सिस्को शहरमा हुने ‘सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७’ मा सहभागी हुने भएको छ।यहि अक्टोबर २५ देखी २९ सम्म हुन लागेको यस फेस्टिवमा सहभागिता हुने चलचित्र पञ्चायतका मुख्य कलाकार सरोज खनाल र नीता ढुंगाना अमेरिका जाने भएका छन् ।
१५ बर्ष अघि बाट सुरु भएको यस फेस्टिबलमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन सनफ्रान्सिस्को लागि पर्यटनदूत प्रकाश थापाले जानकारी दिएका छन् । गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।
यता चलचित्र पञ्चायतकि नायिका यस अन्तर्राष्ट्रिय चलचित्र महोत्सबमा सहभागी हुन् पाउँदा आफ्नो सपना को केहि अंश पुरा भएको नीता ढुंगानाले बताइन । आफूले चलचित्र पञ्चायतमा निकै उत्कृस्ट अभिनय गरेको र चलचित्र निकै राम्रो बनेको हुँदा यस फेस्टिबलमा अवार्ड पाउनेमा आफू बिस्वस्त रहेको बताए ।
चलचित्रका मुख्य कलाकार सरोज खनालले पञ्चायत चलचित्रले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तर चिनाउन सफल हुने विश्वास गरे । हाम्रो कला हाम्रो संस्कृतिलाई विश्व सामु यस चलचित्र पञ्चायत मार्फत देखाउना सफल हुनुको साथै यस अन्तर्राष्ट्रिय चलचित्र महोत्सबमा अवार्ड समेत पाउनेमा बिस्वस्त गरे ।
यस ‘सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७’मा हालीवुड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्पर्धा गर्दैछन्। चलचित्र पञ्चायतले आफूलाई २ सय चलचित्र भित्र पार्न सफल भएको छ । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्।
सञ्चारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन्।चलचित्रमा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।






