बालाजित बसनलक्ष्मी राई स्मृति साहित्य पुरस्कार कवि चन्द्र रानाहँछालाई

काठमाडौं,
असोज २४ ।

विगत तीन वर्षदेखि निरन्तर प्रदान गरिदै आएको बालाजित बसनलक्ष्मी राई स्मृति साहित्य पुरस्कार कवि चन्द्र रानाहँछालाई प्रदान गरिने भएको छ । पुरस्कार आयोजक समितिले प्रेश विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेको हो ।

नेपाली कला, साहित्य, संस्कृति, पत्रकारिता, खेलकुद, स्वास्थ्य, शिक्षालगायत विविध सामाजिक क्षेत्रमा रचनात्मक टेवा पुर्याउन सकियोस भन्ने उद्देश्यले २०७२मा स्थापित बालाजित बसनलक्ष्मी राई प्रतिष्ठानले हरेक वर्ष माथि उल्लेखित क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक व्यक्तिलाई छनोट गरि पुरस्कृत गर्दै आएको छ ।

यसैको निरन्तरतास्वरुप यस वर्ष साहित्य क्षेत्र अन्तर्गत कविता विद्यामा शसक्त उपस्थित जनाइरहेका चर्चित युवा कवि चन्द्र रानाहछाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका संरक्षक तथा पुरस्कार छनोट समितिका संयोजक जितेन्द्र राईले जानकारी गराएका छन् ।

खोटाङ रुपाकोट मझुवागढी नपा–९ लामाखुमा प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर एक भब्य समारोहकाबीच पुरस्कार प्रदान गरिने बताइएको छ । आगामी असोज २९ गते प्रदान गरिने यस पुरस्कारको राशी नगद रु १५ हजार सहित ताम्रपत्र रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार