ललितपुर,
असोज १८ ।
चलचित्र मेरी प्रेमिकाको शुभसाईत गरिएको छ । ललितपुर जिल्लाको गोदावरी नगरपलिकामा सञ्चालित रेडियो पर्यावरण १०४.२ मेगाहर्जको प्रत्येक वर्ष फुलपातीको दिन हुँदै आएको स्टेशन पूजाको अवसरमा यस वर्ष सत्य घटनामा आधारित कथानक चलचित्र मेरी प्रेमिकाको शुभसाईत गरिएको होे ।
युवा जागरण पर्यावरणीय मञ्चको प्रस्तुतिमा डा.अष्टमान किसी महर्जन कार्यकारी निर्माता रहनु भएको यस चलचित्रको पट्कथा, सम्वाद तथा निर्देशन कार्य चलचित्र पत्रकार डी.पी. शाह चक्रवर्तीबाट भई रहेको छ ।
उमेश घिमिरेको कथा, परिकल्पनामा निर्माण हुने मेरी प्रेमिकाको शुभसाईत शटकोलागि नायक बिनोद श्रेष्ठ, नवनायिका लक्ष्मी तामाङ, अभिनेता शक्ति पण्डीत र अभिनेत्री सपना श्रेष्ठले अभिनय गरेका थिए । शुभसाईत शटका लागि निर्देशन तथा क्यामरा ज्योतिकेशर सिंह, क्ल्याप प्रेम शर्मा पौडेल र नरिवल फुटाउने कार्य कार्टुनीष्ट योगेश खपाङ्गीबाट भएको थियो ।
यसैगरि लोकप्रिय सङ्गीतकार आलोकश्रीले प्लेयरको स्विच अन गरेर मेरी प्रेमिकाको गीत सार्वजनिक गरे । शान्तिप्रियको गीत रचनामा आलोकश्रीको सङ्गीतमा गीत रहने यस चलचित्रमा नृत्य निर्देशन र सम्पादन प्रेम शर्मा पौडेल, प्रचार सामाग्री डिजाईन योगेश खपाङ्गी, छायाँकन प्रमुख ज्योतिकेशर सिंह, श्रृङ्गार कलाकार अमृत मरहट्ठा रहेका छन भने बिनोद श्रेष्ठ, लक्ष्मी तामाङ, शक्ति पण्डीत, सपना श्रेष्ठ, बिनोद मानन्धर, अम्बिका प्रधान, राजेश महत, प्रभाष मैनाली, नानी थापा, रिता रसाईलीलगायतका कलकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।






