नग्मा पहिलो मिस नेपाल युनिभर्स घोषित

काठमाडौं,
असोज ७ ।

नेपालको सर्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी छिन । उनलाई राजधानीको अन्नपूर्ण होटेलमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाई दिदै घोषणा गरेका हुन् ।

६६ औं मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ, जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्वगर्दै जाने छिन । मिस नेपाल आयोजना भएको २३ औं वर्ष पुगिसक्दा पनि अहिलेसम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन ।

पछिल्लो समय सन् २०१७को मिस नेपालको आयोजना भएसँगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाए पछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । मिस युनिभर्समा सहभागीहुन् नग्मा नोभेम्बर ५ मा अमेरिका लग्नेछिन ।

‘नेपालले पहिलो पटक सहभागिता जनाउदै गर्दा निकै खुसि थिए र उक्तप्रतियोगितामा नेपाललाई प्रतिनिधित्वगर्दै म नै पहिलो पटक जान पाउदा झनै खुसि लागेको छ’, नग्माले भनिन् ।
तस्वीर आर्यन विमली

यसमा तपाइको मत

अन्य समाचार