काठमाडौं,
असोज ६ ।
नाट मिस एयर होस्टेज फेमिनाको उपाधि पूजा चौधरीले चुमेकी छन् । विश्व मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा उनले उक्त उपाधि चुम्न सफल भएकी हुन् । पूजाले उपाधिसँगै डाइरेक्ट समिट एयर लाइन्समा एयर होस्टेज बन्ने मौका पाएकी छिन् । त्यस्तै उक्त प्रतियोगितामा फर्स्ट रनरअप पूजा पाठकले थाईल्याण्ड टुर टिकेट समेत पाएकी छिन अनि नाट्को ब्रान्ड एम्बास्डर समेत बन्ने मौका पाएकी छिन, सेकेण्ड रनरअप सानु तामाङले भने नाटमा जब पाएकी छिन । त्यसैगरि अन्य दुइ जनाले नाटको तर्फबाट १ लाख ७५ हजार रुपैया र रु १ लाख ६० हजार बराबरको स्कलरसिप समेत पाएका छन् । टप ६ मा पर्न सफल ३ जना प्रतिस्प्रधीहरुले भने एभिएसन म्युजियममा जब पाउने भएका छन् ।
नाट मिस एयर होस्टेज फेमिना २०१७ मा १९ जना युवती प्रतिप्रधिहरुले अन्तिम चरणमा प्रवेश पाएका थिए । प्रतिस्पर्धि युवतीहरुलाई एयरलाइन्स सम्बन्धि जानकारी, सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक बिक्रान्त पौडेलले बताए ।
नाट मिस एयर होस्टेज फेमिना २०१७ को अन्तिम प्रतिश्प्रधामा सञ्चारकर्मी तथा कलाकार सुर्य चन्द, समाजसेवी कृष्ण देबकोटा, क्याप्टेन बेद उप्रेती, क्याबिन क्रु किकस थापा, बिशाल भण्डारी र दमयन्ती किरात निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।
कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरेका नाट मिस एयर होस्टेज फेमिना २०१७ सौन्दर्य प्रतियोगिता विश्व मिडिया प्रालिले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन् । कोरियोग्राफर दिवस धितालका अनुसार यस सौन्दर्य प्रतियोगीताले नेपाली युवतीहरुमा एयर होस्टेज हुन चाहनेहरुको लागि तथा आफ्नो व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएका छन र भविष्यमा यस्ता कार्यक्रमले गर्दा एयर होस्टेज बन्न चाहने युवतीहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ् उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा बताउछन । कार्यक्रमको संचालन कार्यक्रम निर्देशकमा प्रहिल कार्कीले गरेका थिए ।






