काठमाडौं,
मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणको ताज धरानकी १९ वर्षीय रिवा लिम्वुले जितेकी छन् । ३४ जना प्रतियोगीहरुलाई पछि पारी रिवाले ताज पहिरिएकी हुन् ।
रिवाले उपाधिसहित रु. २५ हजार नगद र वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृत्ति प्राप्त गरेकी छन् । उनले एभीयसन म्यूजियममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरेकी छन् ।
त्यस्तै, फस्ट रनर अप कंलङ्कीको सिजु सिंह ठकुरीले नगद १५ हजार रुपैयाँ र वेष्ट ड्रेसको उपाधि प्राप्त गरिन् ।
सेकेण्ड रनर अप मोनालिसा पाख्रिनले मिस पर्सनालीटीको अवार्ड पनि हात पारिन् । उनलाई दश हजार रुपैया साथै वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा १ लाख वरावरको छात्रावृति प्रदान गरिएको छ ।
निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा , सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रा.डा. स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणित केसी, सीता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहेका थिए ।






