राजनलाई ‘म्यूजिक खबर पपुलर अफ दि इयर’ सम्मान

काठमाडौं,

असोज ३

संगीतकार राजनराज शिवाकोटी ‘म्यूजिक खबर पपुलर अफ दि इयर’बाट सम्मानित भएका छन् ।

राजधानीमा ‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सवको एक कार्यक्रममा गर्दै सिवाकोटीलाई सो सम्मान दिएको हो । रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा यहि सम्मान गायिका देबी घर्तीलाई पनि दिइएको छ । 

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपलकुलपति शम्भुजित बास्कोटाको वरिष्ठ लोकगायक कुमार बस्नेत र गायिका चन्द्रकला शाहलाई ‘म्यूजिक खबर स्रष्टा सम्मान’ समेत प्रदान गरे । 

कार्यक्रममा  गायक बद्री पंगेनी, पत्रिकाका निर्देशक मिलन मोक्तान, चुडामणि देवकोटा, संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पीएन सापकोटा, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि.क. निर्देशक मोहन निरौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीलगायतले मन्तब्य राखेका थिए । 

यसमा तपाइको मत

अन्य समाचार