हेटौडा,
भाद्र २६ ।
हेटौडामा १५ दिने रेडियो उद्घोण तथा पत्रकारिता तालिम शुरु भएकोक छ । मिडिया एकेडेमी प्रा.लि.को आयोजनामा आइतबारदेखि हेटौँडामा १५ दिने रेडियो उद्घोण तथा पत्रकारिता तालिम शुरु भएको हो । आइतबार तालिमको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले शुभारम्भ गरेका छन् ।
कार्यक्रममा बोल्दै विष्टले पत्रकारितामा लाग्नेहरुका लागि तालिम अत्यावश्यक रहेको भन्दै तालिमबाट प्राप्त ज्ञानले अगाडि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरका थिए । उनले अहिले पत्रकारितमा दक्ष जनशक्तिको खाँचो रहेको भन्दै अवसरका लागि कतै भौतारिनु नपर्ने बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव शितल महतो, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष एवम् प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणी दाहाल, वानका केन्द्रिय कोषाध्यक्ष उज्वल चौलागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२० जना प्रशिक्षार्थीले सहभागि रहेको तालिममा राष्ट्रियस्तरका सञ्चारकर्मी दिनेश डिसी, महाविर विश्वकर्मा लगायत एक दशकलामो समयदेखि सञ्चारक्षेत्रमा आवद्ध सञ्चारकर्मीले प्रशिक्षण दिईने एकेडेमीका श्रीराम अर्जुनले बताए । एकेडेमीका निर्देशक मणीराज गौतमको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।






