शिव परियारको अर्को उत्कृष्ट गीत मेरो मायाले सार्वजनिक (भिडियो सहित)

 

काठमाडौं,
भाद्र २३ ।

गायक शिव परियारको अर्को उत्कृष्ट गीत ‘मेरो मायाले…’ सार्वजनिक भएको छ । गायक शिव परियारको स्वर तथा आफ्नै लगानीमा निर्माण भएको ‘मेरो मायाले’ बोलको भिडियो सार्वजनिक भएको हो ।

‘मेरो मायाले’ गीतको भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का प्रस्तुत गरिएको छ । गायक शिव परियारको ‘शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो ।

अहिले साङ्गीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन् । ‘मेरो साङ्गीतिक करिअरमा धेरै भिडियो निर्माण गरेको भएपनि यो भिडियोबाट मैले सबैभन्दा धेरै खुशी महशुस गरेको छु । भिडियोमा हामीले नयाँ प्रयोग गरेका छौ’, उनले भने । यस्तै, निर्देशक विकास सुवेदीले मेरो मायाले बोलको भिडियो नेपाली म्युजिक भिडियो उद्योगलाई नयाँ प्रयोग भएको बताएका छन् ।

पछिल्लो समय नेपाली चलचित्रमा मात्र हैन नेपाली भिडियोमा पनि नयाँ–नयाँ प्रयोग सुरु भएको छ । आफ्नो भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक विकास सुवेदीले सम्भवत नेपालमै पहिलो पटक पुर्णतया सेटमा म्युजिक भिडियोको छायाँकन गरेका छन् । नेपाल आइडल तथा सुपरहिट गीत ‘काले दाइ’को समेत सेट बनाएका राजु पेन्टरले बनाएको सेट म्युजिक भिडियोका लागि पहिलो पटक प्रयोग गरिएको निर्देशक सुवेदीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार