नेशनल पावरन्युज एजुकेशन अवार्डका उत्कृष्ट १० लाई प्रमाण पत्र

काठमाडौं,
भाद्र १२ ।

नेशनल पावरन्युज एजुकेशन अवार्डका उत्कृष्ट १० लाई प्रमाण पत्र वितरण गरिएको छ । उत्कृष्ट १०लाई राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रमाण पत्र वितरण गरिएको हो ।

कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले उत्कृष्ट १० स्कुल तथा कलेजहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट १० मा पर्न सफल विभिन्न स्कुल कलेजका प्रिन्सिपल, व्यवस्थापन प्रमुख, प्रतिनिधि एवम् विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्दै राज्यमन्त्री पाख्रिनले यस्ता किसिमका कार्यक्रमहरुले स्कुल तथा कलेजहरुको अझ राम्रो गर्न हौसला प्रदान गर्ने बताए ।

कार्यक्रममा हिसानका सचिव रामहरी सिलवाल यस्ता प्रकारको कार्यक्रमले स्कुल तथा कलेजहरुलाइ अझ हौसला प्रदान गर्ने बताए । नेशनल पावरन्युज एजुकेशन अवार्डका अध्यक्ष माधवराज खरेलले आफूहरुले सुरुवात गरेको अवार्ड कार्यक्रमले स्कुल तथा कलेजहरुबीच सकारात्मक प्रतिष्पर्धाको सुरुवात भएको भन्दै यस कार्यक्रमले कसैलाइ उचो र कसैलाइ निचो देखाउन नभएको पनि बताए । पहिलो प्रयासमा अवार्डको लागि दावेदार केही स्कुल तथा कलेजहरु छुटेको भएपनि आगामी संस्करणहरुमा सबैलाइ समेटेर लाने प्रयास गर्ने पनि बताए । कार्यक्रम निर्देशक समिर लामाले नेपालमा विल्कुलै नयाँ प्रकृतिको अवार्ड कार्यक्रम सुरु गर्न पाएकोमा आफूलाइ ज्यादै खुसी लागेको बताए ।

कार्यक्रममा वान वे ट्राभल एण्ड टुर्स प्रा.लि. काठमाडौंलाइ सम्मान गरिएको थियो भने सी.वी. माउण्ट फ्रेमिङ प्रा।ली का च्याङवा लामाले नेशनल पावरन्युज एजुकेशन अवार्डलाइ सफलताको शुभकामना प्रदान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार