छक्का पञ्जासँग आउने भयो मङ्गलम

काठमाडौं,
भाद्र २० ।

असोज ११ फुलपातीमा दीपक–दीपाको छ्क्का पञ्जा–२सँग नवल नेपाल निर्देशित र छबिराज ओझा निर्मित मङ्गलम प्रदर्शन हुने भएको छ । अब, ‘छक्का पन्जा २’ले सोलो रिलिज नपाउने भएको छ ।
लामो समयदेखि चुपचाप बसेका निर्माता ओझाले अन्ततः असोज ११ गते चलचित्रको प्रदर्शन गर्ने भएका हुन् । चलचित्र रिलिज हुनुभन्दा २० दिन अगाडि प्रदर्शन मिति फाइनल गरिएको छ ।

चलचित्रको वितरणको जिम्मा गोपालकाजी कायस्थले लिएका छन् । वितरक गोपालकाजी कायस्थले चलचित्र असोज ११ गतेबाट आउने पुष्टी गरे । ‘असोज ११ गतेबाट चलचित्र रिलिज गर्ने निर्णय भएको छ । दशैको समयमा २ वटा नेपाली चलचित्र रिलिज हुँदा खासै फरक पर्दैैन’, उनले भने ।

नवल नेपाल निर्देशित चलचित्रमा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका छ ।

यसमा तपाइको मत

अन्य समाचार