काठमाडौं,
भाद्र १८ ।
रंगक्षेत्रमा साधुरामको नामले चिनिएका पितम्बर आचार्य अब ‘पटुकी’ मार्फत दर्शकमाझ आउन लागेका छन् । मोफसलमा रहेर चलचित्र निर्माण र अभिनयमा सक्रिय रहेका पिताम्बर चलचित्र ‘पटुकी’ मार्फत दर्शकमाझ आउन लागेका हुन् ।
बाहुन्न घुस्सा त्रिपन्न ठक्कर, भईंगो नि त, हर्के हल्दार, रातो–पिरो जस्ता हाँस्य टेलिसियरलहरु बाट साधुरामको परिचय बनाएका उनले इन्दे्रणी, यो संसार, भाईटिका, पिंजण्डा, माया नमार, तहल्का डटकमलगायतका दर्जनौ चलचित्रमा अभिनय गरेका छन् । चलचित्र दि रेञ्जमार्फत नेपाली चलचित्र निर्माणमा हात हालेका उनले केही भोजपुरी चलचित्रमा पनि अभिनय गरेका छन् ।
हाल चितवनमा छायाँकन भइरहेको चलचित्र‘पटुकी’मा आफ्नो शसक्त अभिनय रहेको उनले दाबी गरे । चलचित्र राम नेपालको निर्देशनमा छायाँकन भइरहेको छ ।






