हरेक महिना तिस जना भन्दा बढिले अबैध बाटो प्रयोग

काकँरभिट्टा,
भाद्र १५ ।

नेपालको पूर्वी नाकाबाट हरेक महिना तिस जना भन्दा बढिले अबैध बाटो प्रयोग गर्ने गरेको पाईएको छ । यी मध्ये केहि अबैध रुपमा बैदेशिक रोजगार को वहाना बनाउदै जाने गरेका छन् । भने कति पय मानव बेचबिखन सम्बन्धी घट्नामा संलग्न हुने गरेको पाइएको हो ।
यस नाकामा खटिएका मानव बेचखिन सम्बन्धी काम गर्ने संस्थाको तथ्यङक अनुसार यस्तो पाइएको हो । यस नाका मा रहेको बिश्व सेवा बिस्तार संस्थाले यस प्रकारका घटनाहरु हरेक महिना तिस जना बढिको उद्धार गर्ने गरेको संस्थाकी सहायक निर्देशक मुना आचार्यले बताउनु भयोे ।
यी मध्ये अधिकार्ष बैदेशिक रोजगारीको भन्दै यो नाका प्रयोग गर्ने गरेको उहाँको भनाई रहेको छ । यस नाकामा यस सस्थाले जनवरीमा ४०, फ्रवरीमा ४५, मार्चमा ४५, एर्पिल ५०, मे ४५ ,जुन ३९, जुलाई ४६, अगष्टमा ४० जनाको यो नाकाबाट उद्धार गरिएको उहाँको भनाई छ । यसैगरी भद्रपुर बोर्डरमा ४ महिनाको अबधिमा ३५ जनाको उद्धार गरिएको तथ्याङक रहेको छ । यो सँगै अन्य यसै सम्बन्धी काम गर्ने अन्य दुई संस्थाहरु माइती नेपाल,साना हातहरुको उद्धारको क्रम समेत यहि अनुपातमा रहेको छ ।

राजन ढटाल

यसमा तपाइको मत

अन्य समाचार