काठमाडौं,
भाद्र १५ ।
चलचित्र धुम २ले दोस्रो हप्ता पनि दर्शकको राम्रो साथ पाईरहेको छ । हास्य जनारामा बनेको चलचित्रले हलहरुमा व्यापक दर्शक पाएको छ । पहिलो हप्तामा लगानी उठेको मात्र होइन राम्रै आम्दानी भएको निर्माण पक्ष्यले जनाएको छ ।
हालै मात्र एउटा फिल्म खेलेको २२ लाख ५० हजार लिने घोषणा गरेका निर्माता, निर्देशक तथा कलाकार जय किशन बस्नेतले निर्माण गरिएको यो चलचित्रले राम्रो व्यापार गर्न सफल भएकोमा उनी दङ्ग छन् ।
‘हामीले राम्रो चलचित्र बनाएका थियौं, दर्शको राम्रो साथ पाइरहेका छौ, यसले हामीलाई अझ हौसाएको छ’, जय किशनले भने । ‘धुम ३ पनि बनाउदैछु’ उनले सुनाए ।






