काठमाडौं,
भाद्र १३ ।
बाढी पीडितका लागी उठाएको राहात हिना मिना गर्ने ब्यक्ति भट्टीबाट पक्राउ परेका छन् । यो सत्य घटना नभएर हास्य टेलिसियरल अप्रिल फूलमा यस्तो देखाइएको हो । पछिल्लो समय हाँस्य श्रृखला एकपछि अर्को गर्दै निर्माण भइरहेका बेला भिन्न शैलीको हाँस्य कार्यक्रम अप्रिल फुल सार्वजनिक भएको हो । सुरेश थापाको लेखन तथा निर्देशन रहेको हाँस्य श्रृखलाले समाजमा घट्ने समसामयिका कथा बस्तुलाई विशेष रुप उठाएको छ ।
शम्भु थापा, सुरेश थापा दर्शने, अनिता दंगाल, सुमन ज्योती न्यौपाने, घनु जोशी, सुस्मिता श्रेष्ठ, जीवन गहत राज, भुमिका तिमिल्सिना, रमेश बुढाथोकी, मेघ राउत, प्रलाद थापा, नेत्र राउतलगायतका कलाकारहरुको अभिनय रहेको पहिलो शृंखलामा बाढी पीडितका नाममा राहत उठाएर दुरुपयोग गर्नु हुँदैन भन्ने किसिमको जनचेतना दिन खोजिएको छ ।
नवराज खड्काको छायांकन रहेको हाँस्य श्रृखलाको सम्पादन मनिष कार्कीले गरेका छन् । जसको कथा लेखन र निर्देशन सुरेश थापाले गरेका हुन् । यसको निर्मातामा रमेश थापा र इन्दिरा पोखरेल रहेका छन् ।
https://www.youtube.com/watch?v=IosS0QLXtPg&feature=youtu.be






