काठमाडौं,
भाद्र ५ ।
‘वान डे ट्यालेन्ट हन्ट’ राजधानीमा सम्पन्न भएको छ । शनिवार ‘वान डे ट्यालेन्ट हन्ट’ काठमाडौंको टुडीखेलमा सम्पन्न भएको हो। सेलिब्रटि म्यानेजमेन्ट र क्लासिक ईभेन्टको सहकार्यमा सम्पन्न भएको सो कार्यक्रममा ३० जना प्रतिष्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका थिए।
३० जना प्रतिष्पर्धीहरुलाई पछार्दै अभिषेक महर्जन पहिलो, रंजित नेपाल दोस्रो र हाम्रो क्रिव तेस्रो भएका थिए । निर्णायकहरु गायिका संगीता राना प्रधान, निर्देशक दशरथ गिरि, कम्पोजर एरेन्जरद्वय चन्द सिंह र किरण कडेल एवम् कोरियोग्राफर प्रशान्त तामाङगको अन्तिम निर्णयले तीन जनालाई बिजेता घोषित गरेको थियो।
बिजेताले क्रमशः पचास हजार, तिस हजार र बिस हजार जितेका थिए बिजेताहरुले बिभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउनुका साथै एभेरेस्ट फिल्म एकडेमी र डान्स युनाईटेड मल्टि एकडेमीको तर्फबाट स्कलरसिप पनि प्राप्त गरेका छन ।
१५० जनाले अडिसन दिएकोमा ३० जनाले एक–अर्कामा अन्तिम प्रतिष्पर्धा गरेका थिए। प्रतियोगीहरुले गायन नृत्य, नाटक, हास्यव्यंग्य आदि प्रतिभाहरु देखाएका थिए।
सेलिब्रटि म्यानेजमेन्टका अध्यक्ष सुभाष प्रधानले यस्तो ईभेन्ट बाट नव प्रतिभाहरुले आफ्नो प्रतिभा देखाउन पाउने र उनिहरुको भविष्य उज्ज्वज पनि हुने कुरा बताए ।
सो कार्यक्रममा प्राश्ना शाक्य, जुना प्रसाई, शशी रावल, प्राश्ना पाण्डे, अश्मिक लम्शाललगायतका कलाकारहरुको पनि उपस्थिति रहेको थियो।
चलचित्र ‘ए मेरो हजुर२’ का कलाकार सलिनमान बनिया, सलोन बस्नेत र अनुभव रेग्मीका साथमा चलचित्रकि निर्देशक झरना थापाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।






