‘यो जिन्दगी’ लिएर आइन अनिता (भिडियोसहित)

काठमाडौं,
भाद्र २ ।

मोडल तथा बेलि डान्सर अनिता लिम्बुले आफ्नै शब्द र स्वरमा ‘यो जिन्दगी’ लिएर आएकी छन् । गीतमा आफैँले मोडलिङ गरेकी उनले भिडियोमा आकर्षक दृश्य समेत दिएकी छन् । चोभार, लाजिम्पाटलगतायका स्थानमा छायाकंन गरिएको गीत आधुनिक पप फ्लेवरमा तयार भएको छ ।

नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताले सोलो नृत्य प्रस्तुत गरेकी छन् । अभिनय र नृत्य मिसिएको भिडियो निकै रोमान्चक र आकर्षक देखिन्छ । रुपेश खड्काले सम्पादन गरेको भिडियोका लागि सरिन पोखरेलले कोरियोग्राफी गरेका छन् ।

प्रेमिल भावका शब्दहरु समेटिएको गीतमा आफ्नो प्रेमीप्रति समर्पण जस्तो भएको छनक पाइन्छ । अंग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा यसअघि सोलो डान्स प्रस्तुत गरेकी छन् । बेलायत बस्दै आएकी उनले एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार