राजधानीमा वृहत फेशन शो ‘रनवे परेड–२०७४’ हुने

 

काठमाडौं
भाद्र १ ।

राजधानीमा वृहत फेशन शो ‘रनवे परेड–२०७४’ हुने भएको छ । टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मस्ले काठमाडौंमा पहिलो पटक एउटा वृहत फेसन शो आयोजना गर्ने घोषणा गरेको हो । ‘रनवे परेड–२०७४’ शीर्षक राखिएको उक्त फेसन शो दरबारमार्गस्थित क्लब डेजा भू क्लबमा आयोजना हुने फेसन शोका कोरियोग्राफर तथा अभिनेता एसराज गराचले जनाएका छन् ।

जोर्डन राजभण्डारीले व्यवस्थापन गरिरहेको उक्त फेसन शोका लागि अघिल्लो साता काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको थियो । मुड्स लाउञ्जमा सम्पन्न अडिसनमा झन्डै तीन सय जना मोडलहरुले अडिसन दिएका थिए । अडिसनबाट फेसन शोका लागि १६ जना महिला तथा ११ जना पुरुष मोडलहरु छनोट भएका छन् । फेसन शोको प्रशिक्षणमा व्यस्त रहेका महिला मोडलहरुमा निधि प्रधान, श्रद्धा लामिछाने, अञ्जली लामा, साइमा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सुमी भट्टराई, निशा केसी, रञ्जु लिम्बु, जावरिया, रीतु पौडेल, मोनिका श्रेष्ठ, यूनिषा केसी, कुसुम देउजा, अस्निका राजभण्डारी, निभा अधिकारी तथा अपेक्षा खड्का छन् । छनोट भएका पुरुष मोडलहरुमा भने विराट विजय ओझा, अमन प्रधान, विनय मान श्रेष्ठ, सुभाष भट्टराई, प्रज्वल श्रेष्ठ, लक्की खड्गी, रोजेश श्रेष्ठ, अर्पण महर्जन, रिजेन्द्र लाल श्रेष्ठ, सुमन शेर्पाल तथा विधान प्रधान छन् ।

आधा दर्जन नायिकाहरु शोस्टरको रुपमा सहभागि हुने फेसन शोमा विभिन्न ९ जना डिजाइनरले तयार पारेका पहिरनहरु प्रदर्शन गरिनेछ । फेसन शोमा राशी कोइराला, लाजिमा सुब्बा, डीना गुरुङ, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, पेमा याङ्जी लामा, छिरिङ, ओसिन थापा तथा रबिनद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरिनेछ ।

भदौ २४ गते शनिवार आयोजना हुने फेसन शोबाट सङ्कलित रकम कान्ति बाल अस्पतालमा उपचाररत रक्त क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रत्यूस थापाको उपचार तथा बाढी पीडितलाई हस्तान्तरण गरिने आयोजक संस्थाकी प्रवन्ध निर्देशक विजया शाहले बताइन ।

यसमा तपाइको मत

अन्य समाचार