काठमाडौ,
श्रावण ३२ ।
गायिका वर्षा कर्माचार्यको आकाशको तारा सार्वजनिक भएको छ । वर्षाको आफ्नै युट्युव च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो । हरकुलिश बस्नेतको शब्द तथा सङ्गीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।
हाल अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आसामा रहेको बताइन् । वर्षाले भनिन, ‘म सधै आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमा पनि मैले दर्शकलाई नया“ पन दिन खोजेकी छु’ ।
धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षास“गै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कारियोग्राफीपनि गायिका वर्षाले नै गरेकी छिन् भने सिनेमाटोग्राफी प्रकाश राईको रहेको छ ।
यस्तो छ गीतको भिडियोः-






