डर भो कसम सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
श्रावण २९ ।

डर भो कसम सार्वजनिक भएको छ । ‘लहडैमा लाईयो माया छुट्ने डर भो कसम…’ बोलको रोमान्टीक गीत सार्वजनिक भएको हो । रङ्ग पत्रकार स्वस्तिका चिलुवालको शब्दमा गायक सुमन केसीको स्वर रहेको उक्त गीतमा रमेश कडरियाको सङ्गीत रहेको छ ।
लोक तथा आधुनिक प्याट«नको यो भिडियोमा मोडल अनुज चिलुवाल र ओशिन भट्टराई लाई फिचरिङ गरिएको छ ।
पछील्लो समयमा मोडलिङमा व्यस्त रहेका मोडल चिलुवालको यो रोमान्टीक गीत मोडलिङ यात्राको टर्निङ प्वाईन्ट बन्न सक्ने अनुमान गर्न सकिन्छ । एस. ए. भिजनको ब्यानरमा निर्माण भएको गीतको भिडियो लाई जीवन शाहीले निर्देशन गरेका हुन् ।  अर्जुन पोखरेलले सम्पादन गरेको गीतको भिडियोलाई फिल्मीजुम टेलीभिजनले सार्वजनिक गरेको हो।

यस्तो छ गीतको भिडियोः

https://www.youtube.com/watch?v=40nXHkVpDjg&t=2s

यसमा तपाइको मत

अन्य समाचार