डान्स आइकन दाङ (डीआईडी) सिजन २मा २३ जना प्रतिस्पर्धी छानिए

 

बिष्णुकुमार देवकोटा
नेपालगञ्ज
श्रावण २२ ।

डान्स आइकन दाङ (डीआईडी) सिजन २मा २३ जना प्रतिस्पर्धी छानिए । उनिहरु नेपालगञ्ज बाँकेको अडिसन राउन्डबाट  छनौट भएका हुन् ।

डी टेन इन्टरटेन्मेन्ट प्रा.लिले आयोजना गरेको राष्ट्रियस्तरको नृत्य बिद्याको प्रतिस्पर्धात्मक महाभिडन्तको सिजन २ को शनिबार नेपालगञ्जमा सम्पन्न पहिलो अडिसनबाट २३ जना छनौट भएको डान्स आइकन दाङ (डीआईडी)को संयोजक बिष्णुकुमार देवकोटाले जानकारी गराए ।

प्रतियोगितामा छनोट हुनेमा सुमित राजबंसी, बर्षा खड्का, अजिस वलि, पुजा गिरी, कमल चौधरी, अस्मिता बस्याल, आँचल चन्द, पर्वत पोखरेल, गंगा के.सी, शुसिला बि.क., प्राप्ति के.सी, सागर वलि, रेश्मा श्रेष्ठ, सुस्मिता आलेमगर, बिष्णु आले मगर, सुलेस्मा वलि, अञ्जु चौधरी, दीपक रेग्मी, आशा श्रेष्ठ, निशा शाही, कृति आले, निकिता सिंह, करीना आचार्य र अर्जुन बि.क. रहेकाछन् ।
उनीहरु मेगा राउण्डका लागि छनौट भएको डान्स आइकन दाङ (डीआईडी)का रणनीतिक संयोजक दिवक वलिले जानकारी दिए ।
डान्स आइकन दाङ (डीआईडी) का संयोक एवम् डि टेन इन्टरटेन्मेन्ट प्रा.लि का अध्यक्ष बिष्णुमारु देवकोटाको सभाअध्यक्षता एवम् लाइफ भिजन टेलिभिजन प्रा.लि नेपालगञ्जका म्यानेजिङ्ग डाईरेक्टर सुरेश चन्दको प्रमुख आतिथ्य तथा डान्स आइकन दाङ (डीआईडी) सिजन १ का बिजेता आशिका रजौरेको विसिष्ट आतिथ्यमा होटेल एस.टि.सि.मा सम्पन्न अडिसनमा कुल १ सय दुई जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।
डान्स आइकन दाङ (डीआईडी) सिजन २ को रणनैतिक संयोजक दिपक वलिको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रको स्थानीय आयोजककोरुपमा क्रिस्टल डान्स क्रु नेपालगञ्ज रहेको थियो । यसैगरी निर्णायकको भुमिकामा डान्स आइकन दाङ (डीआईडी) सिजन १ का जज राण्न्ड टपर एवम् स्थानीय संयोजक रितेश गौतम, डान्स किङ्ग कुबेर वलि र सविन नेपाली रहेका थिए ।
डान्स आइकन दाङ (डीआईडी) सिजन १ को सफलतापछि सिजन २ लाई राष्ट्रव्यापी बनाईएको संयोजक देवकोटाले बताए । बुटबलदेखि धनगढीसम्मका १८ वटा जिल्लाहरुमा अडिसन लिई प्रतिस्पर्धा गराइने छ । दाङमा अडीसन भाद्र १६ गते, तुलसिपुरमा १७ गते र लालमटियामा १८ गते घोराहीमा लिईने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार