काठमाडौं,
श्रावण २२ ।
‘फ्रेन्डसीप डे’ को अवसर पारेर चलचित्र ‘छक्का पन्जा–२ को फस्टलुक पोस्टर रिलिज गरिएको छ । आमा सरस्वती मुभिजको प्रस्तुती रहेको फस्टलुक पोस्टरमा प्रियंका कार्की, स्वस्तिमा खड्का र वर्षा राउतलाई दुलहीको पोसाकमा देखाइएको छ । पोस्टरमा दिपक राज गिरी, बुद्धि तामाङ, जितु नेपाल र केदार घिमिरे पनि अटाएका छन् ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दीपकराज गिरीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता विकास आचार्य हुन् । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, बुद्वि तामाङ्ग, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकारहरुको मूख्य अभिनय रहेको छ । यो चलचित्र असोज ११ गतेबाट देशभरका सिनेमाघरमा आउँने तयारी गर्दै छ ।






