सुबोधले निकाले ६२ आवाज (भिडियोसहित)

काठमाडौं,
श्रावण २१ ।

कलाकार सुबोध गौतमले ६२ आवाज निकालेका छन् । क्यारीकेचर गर्दै आएका कलाकार उनले गाईजात्रा कोसेलीस्वरुप ६२ थरी आवाज निकालेको भिडियो सार्वजनिक गरेका हुन् ।

उनको राजनितिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारीकेचर गरेको भिडियो सार्वजनिक भएको छ । उनले क्यारीकेचरमार्फत नेताहरुलाई व्यङ्ग्य हानेका छन् । कलाकार गौतमले बालबालिका माझ लोकप्रिय मोटु पात्लु टेलिभिजन कार्यक्रमका अधिकाँस पात्रको आवाज हुबहु नक्कल गरेका छन् ।

केहि समय घुलमील भएपछि जो कोहि क्यारीकेचर गर्न सक्ने कलासँगै उनीसँग भएको जनावर र चराचुरुङ्गीको आवाज निकाल्ने क्षमतालाई पनि यस भिडियोमा देखाएका छन् ।

‘मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि उक्त व्यक्तिको क्यारीकेचर गर्न सजिलैसँग सक्छु । सयौं व्यक्तिको नक्कल गर्न सकेपनि भिडियोमा भने प्रसङ्ग मिलाएर ६२ प्रकारको मात्र आवाज समावेश गरेको छु । आउँदा दिनमा थप व्यक्तिको क्यारीकेचर पनि दर्शकमाझ प्रस्तुत गर्नेछु’, उनले भने ।

उनी हास्य टेलिश्रृंखला ‘मेरी बास्यै’मा गनगनेको भूमिकामा पनि देखिएका थिए ।

यस्तो छ भिडियोः-

यसमा तपाइको मत

अन्य समाचार