राजेन्द्र र चोसीले गरे हेल्पप्लेस चिल्ड्रेन होमलाई सहयोग

 

काठमाडौं,
साउन २० ।

हेल्पप्लेस चिल्ड्रेन होमलाई सहयोग गरिएको छ । किर्तिपुर स्थित हेल्पप्लेस चिल्ड्रेन होमलाई युवा समाजसेवी राजेन्द्र लिङ्देन र श्रीमती चोसी लिन लिङ्देनले सहयोग गरेका हुन् ।

होममा आश्रित ३७ जना अनाथ, असाहाय बालबालिका वस्नलाई टहरा निर्माणका लागि जस्तापाता तथा लता, कपाडा सहयोग स्वरुप उनीहरुले प्रदान गरेका छन् । विहिबार एक कार्यक्रमवीच करिब एक लाख, पच्पन्न हजार बराबरको सयोग सामग्री हस्तान्तरण गरिएको हो ।

‘समाजमा थुप्रै यस्ता अनाथ, असाहाय बालबालिकाहरु छन् जसलाई सहयोगी हातहरुको आवश्यक छ, धेरथोर सहयोग पु¥याउन पाएकोमा आफूलाई खुशी लागेको छ’, लिङ्देनले भने ।

 

यसमा तपाइको मत

अन्य समाचार