काठमाडौं,
श्रावण १८ ।
होई च्याङबा, जन्ती लिएर, भुल भए देउ सजाय, च्याङबालाई देखेर लगायत थुप्रै गीतहरुमा स्वर दिएकी रेश्मा बम्जनले पहिलो गीति एल्वम ‘प्रथमा’ लिएर आउँदै छिन् । पद्म कन्या क्याम्पसमा बी. म्युजिक गर्दै गरेकी उनले एल्वममा समावेश सेलो गीत डम्फु र सेलो सार्वजनिक गरेकी छन् ।
फूलकुमार बम्जनका शब्द तथा सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा रोशन लामा तथा रोहिणीले अभिनय गरेका छन् । गायिका बम्जनले एल्बम ‘प्रथमा’ मा ६ गीत गर्दैछिन् ।
सङ्गीतकार प्रकाश गुरुङ र चण्डिप्रसाद काफ्लेकी चेली उनले विभिन्न जिल्लामा आयोजित कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएकी छन् । सिन्धुली लदाभिर पोखरेमा बुबा दर्ज बहादुर बम्जन र आमा आइतमाया तामाङको कोखबाट जन्मिएकी उनी नेपाली साङ्गीतिक आकाशमा आफूलाई स्थापित गराउँन तल्लिन छिन् यतिवेला ।
यस्तो छ डम्फू र सेलोको म्युजिक भिडियो:-






