‘प्रेम गीत २’ र ‘रुद्र’लाई दर्शको साथ

काठमाडौं,
श्रावण १३ ।

आजबाट सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका ‘प्रेम गीत २’ र ‘रुद्र’लाई दर्शकले साथ दिएका छन् । चलचित्र ‘प्रेमगीत २’ले सुरुवाती व्यापार आक्रामक गरेको छ भने चलचित्र ‘रुद्र’को बिहानी शोमा सिंगल हलमा व्यापार राम्रो रहेको वितरकले बताएका छन् ।

फरक फरक कथा बोकेको यी दुई चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ब्यवसाहिक लाभ उठाउने दुबै चलचित्रका निर्माताले दाबी गरेका छन् ।

‘प्रेम गीत २’ यो चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको रोमान्स रहेको छ । यी दुईको रोमान्समा भिलेन भने सन्तोस सेन बनेका छन् । सेन चलचित्रका निर्माता पनि हुन् ।

रामशरण पाठक निर्देशित ‘प्रेम गीत २’  बर्मा, थाइल्याण्ड र नेपालका महँगा मानिएका सुटिङ लोकेसमान छायाँकन गरिएको छ । अभिनेत्री अश्लेषाले यसै चलचित्रबाट डेब्यु गरेकी छन् ।

त्यस्तै अभिनेता निखिल उप्रेतीले निर्माण गरेको चलचित्र हो रुद्र । रामजी लामिछानेको निर्देशन रहेको यो चलचित्र निखिलसँगै साराको पनि अभिनय रहेको छ । सारा यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । निखिल उप्रेती प्रोडक्सनको व्यानरमा बनेको यो चलचित्रमा निखिलको साउथ स्टालको एक्सन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार