म्युजिक खबर म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाणपत्र

काठमाडौं,
श्रावण ९ ।

म्युजिक खबर म्युजिक अवार्डको छैठौं संस्करणमा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा, सर्जक एवम् कलाकारलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा सङ्गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, पृथ्वी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक पृथ्वी थकाली, न्यू वल्र्ड टेलरिङका प्रोप्राइटर दिपक परियार, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा, नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी, भाइस प्रिन्सिपल जीबी अधिकारीलगायत अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रिय, संयोजक सविता पोखरेलले उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरेका थिए ।

अवार्डका अध्यक्ष सुमन बैरागीले छैठौं संस्करणसम्म आइपुग्दासम्म सम्पूर्ण कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै कलाकार, मिडियाले गर्दा नै अवार्डले उचाइ लिन सकेको बताए । त्यसैगरी अवार्डलाई प्रायोजन गर्ने विभिन्न संघसंस्थाले गर्दा अवार्ड सभ्य र भव्य रुपमा सम्पन्न भएको हुँदा प्रायोजकहरुप्रति आभार प्रकट गरेका थिए ।

म्युजिक खबर डटकमको आयोजनामा आगामी साउन २२ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुन गइरहेको यस अवार्डको सहआयोजकमा सांस्कृतिक संस्थान जमल रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार