काठमाडौं,
आषाढ २७ ।
टेलिचलचित्रको रुपमा लक्ष्मी पुजा बन्ने भएको छ । राजधानीमा एक कार्यक्रमका बीचमा यसको शुभमुहुर्त भएसँगै लक्ष्मी पुजा बन्ने भएको हो । केही वर्ष अगाडि भाइटिका र घणटाकर्ण शिर्षकका साँस्कृतिक विषयमा टेलिफिल्म बनाइसकेका नेपाली टेलिचलचित्र तथा भिडियो चलचित्रका पुराना कलाकार तथा निर्देशक रवि राजोपाध्याय लामो समयको अन्तराल पश्चात टेलिचलचित्र निर्देशनमा फर्केका छन्। ।
क्रियसन अडियो भिडियो सर्भिस तथा भिज्युअल उपकरण सर्भिसको संयुक्त निर्माणमा यो टेलिचलचित्र लक्ष्मीपूजाको निर्माण हुन लागेको हो । मेगा टेलिभिजनबाट कात्र्तिक महिनामा प्रसारण हुने भनिएको टेलिचलचित्र लक्ष्मीपूजाको शुभमुहर्त समारोहको प्रमुख आतिथ्यका रुपमा सोही मेगा टेलिभिजनका प्रमुख बद्री पोखरेलबाट कलात्मक सुकुन्दामा दियो प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरिएको थियो ।
निर्देशक राजोपाध्यायवाट क्यामेरा पूजा गरेपछि शुभमुहर्त समारोहमा अग्रज अभिनेता तथा निर्देशक पवन जोशीले नरिवल फुटाएर साइतको बिगुल बजाएका थिए । अग्रज रङ्गपत्रकार विजयरत्न तुलाधरले क्लाप दिएर शुभमुुहुर्त शट छायाँकन गरीएको थियो जसममा दुई कलाकार डीएन धिताल र कुसुमले अभिनय गरेका थिए । मुहुर्त सटको निर्देशन सङ्गीतकर्मी अनिल तुलाधरवाट भएको थियो । छिट्टैनै यसको छायाँकन शुरु गरिने राजोपाध्यायले जानकारी गराए ।






