झुम्का लाउली भन्दै गायिका बोहरा

 

काठमाडौं,
आषढ २३ ।
सीता बोहराले यस वर्षको तीजलाई लक्षित गरी झुम्का लाउली मायालु गीत बजारमा ल्याएकी छिन् । पेशाले शिक्षा क्षेत्रमा आबद्ध भएकी सीता बोहरा पहिलो पटक गायिकाका रुपमा देखा परेकी छिन् ।
गीतमा गायिका सीतालाई साथ दिएका छन् गायक कमल बिसी माल्दाईले । बागेश्वरी म्युजिक कम्पनी मार्फत उक्त गीत बजारमा आएको हो ।
कमल बिसी माल्दाई र सीता बोहराको आवाजमा सजिएको यस गीतमा मोडल तथा डान्सर शंकर बिसी, गायिका स्वयं, वैभव अधिकारी र रक्षा कंडेलले अभिनय गरेका छन् । यस गीतको लय तथा शब्द गायक स्वयंको रहेको छ भने म्युजिक भिडियोलाई निर्देशन गरेका छन् मोडल शंकर बिसीले । त्यस्तै गीतको छायांकन राजेश घिमिरेले गरेका छन् ।

गीतको म्युजिक भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला 

यसमा तपाइको मत

अन्य समाचार