काठमाडौं,
आषाढ ११ ।
यही असार ३० गतेदेखी देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘सायद २’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सिनेमाघरमा आउने मिति नजिकिदै आउँदा अर्को ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रका यस अघि सार्वजनिक प्रचार सामाग्रीले राम्रो प्रतिक्रिया पाईरहेको छन् ।
पुष्पराज न्यौपानेको लेखन–निर्देशन तयार भएको सिनेमा युवा प्रेमकथामा आधारित छ । दुर्गिस फिल्मसको व्यानरमा निर्मित यो चलचित्रमा सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला, सुनिल रावललगायतका कलाकारको अभिनय रहेको छ । सुनिलको अलवा ईश्वर श्रेष्ठ र सुभाष लामिछानेको समेत निर्माण रहेको चलचित्रमा राजु विक्रम थापाको छायाँकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन छ । सायदको सिक्वेलको रुपमा यो चलचित्र निर्माण भएको हो ।






