काठमाडौं,
आषाढ ११ ।
आगामी साउन साउन २७ गतेबाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । यस अघि चलचित्रको रिलिज मिति साउन १३लाई तोकिएको थियो । अब संरक्षणले साउन २७ गतेलाई नयाँ फाईनल रिलिज डेट घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले तराई–मधेशको कथा बोल्छ ।
अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एक साथ अभिनय गरेको चलचित्र ‘संरक्षण’को करिब तीन मिनेटको ट्रेलरमा सार्वजनिक भएको हो । ट्रेलरमा निखिल र सौगातका एक्सन पाटोहरु समेटिएका छन् ।
मधेशमा खटिएका प्रहरी र त्यहाँका राजनीतिक दलका नेताहरु बीचको भिडन्त सार्बजनिक ट्रेलरमा देख्न सकिन्छ । निखिल र सौगात दुवै प्रहरीको भूमिकामा देखिएका छन् । पूर्णेन्द्रकुमार झाले डेब्यु निर्देशन गरेको यो चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी, रमेश रञ्जन झा, प्रमोद अग्रहरी, शुसान्त श्रेष्ठ, पबन महत्तो, अमितेश शाह, नन्दु श्रीवास्तब, राज कटुवाल लगायतकाको अभिनय रहेको छ ।
पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, डा. कृष्णहरी बराल र धिरेन्द्र प्रेमर्षिको गीत, बसन्त सापकोटा र प्रबेश मल्लिकको सङ्गीत रहेको यो चलचित्रमा राजनीति, क्राइम, पत्रकारिता, राजनीतिलगायतको कथालाई एकसाथ उतारिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रलाई बिरगंज, जनकपुर, हेटौडा र काठमाडौंमा छॉयाकन गरीएको हो । बिरेन्द्र शर्मा निर्माण नियन्त्रक रहेको यो चलचित्रलाई एफ डी कम्पनीले बितरण गर्ने छ । चलचित्रलाई प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तब र श्वेता शाहले निर्माण गरेकाहुन ।
पुर्णेन्दु कुमार झाको कथा निर्देशनमा बनेको संरक्षणलाई दवारिका उदय प्रोडकसन, श्रीवास्तब फिल्मस, हेटौडा मुभी मेकर टिम र पुर्णेन्दु प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो ।






