काठमाडौं,
आषाढ ७ ।
नेपाली गीत सङ्गीत क्षेत्रमा थुप्रै गीत मार्फत स्रोताको मन मष्तिकमा राज गरेका राम रेप्चुङ राईको शब्द रहेको नेपाली लोक पप गीत ‘छाइ देउ तिमी मेरो जीवनमा’ सार्वजनिक भएको छ । गीतलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा नानी हंग राई र सुष्मिता ढकाललाई फिचरिङ गरिएको छ । नरेश लिंग्देनको सङ्गीतमा गायक एकदेव लिम्बु र गायिका सुनिता थेगिम लिम्बुको संयुक्त स्वर रहेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् । नबराज उप्रेतीले खिचेको यस म्युजिक भिडियोमा गोदावरीको सुन्दर बातावरण र सुन्दर स्थलहरु छायाँकन गरिएको छ ।
कैयौ दुःख–सुख, सङ्घर्षका पाईलाहरु चाल्दै एक व्यावसायिक गीतकारको रुपमा आफुलाई चिनाउन सफल गीतकार राम रेप्चुङ्ग २०६२ साल देखि यस क्षेत्रमा सक्रिय रहेका छन् । गीतकार राम रेप्चुङ्ग राईले अहिले सम्ममा सयौं गीत रचिसकेका छन भने २ सय भन्दाबढी रचनाहरु रेकर्ड पनि भईसकेका छन् ।
‘मेरा अन्य गीत जस्तै ‘छाइ देउ तिमी मेरो जीवनमा’ले स्रोता–दर्शकको मन जित्नेमा म आशावादी छु’, रामले भने ।






