सीमाको फूल हुँ म सार्वजनिक

काठमाडौं,
ज्येष्ठ २२ ।
गायिका सीमा शाहको एल्बम सीमा–२मा रहेको गीत ‘फूल हुँ म…’को भिडियो सार्वजनिक भएको छ । सन्तोष पोखरेलको शब्द रहेको यो गीतलाई युटुयव मार्फत सार्वजनिक गरिएको हो ।
करनराज क्रेजीको सङ्गीत र विजेस्वर राज तण्डुकारको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा मनिषा र युगलले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।
सीमा र सीमा–२ बजारमा ल्याएकी सीमाले डेढ दर्जन बढी गीतहरुमा स्वर भरिसकेकी छिन् ।

यसमा तपाइको मत

अन्य समाचार