के हो भूइँस्याउ अर्थात याकोन

 रामजी नेपाली
भूइँस्याउ (Ground Apple) शखरखण्डजस्तै देखिने, खाँदा स्याउ वा नास्पातीजस्तै लाग्ने र माटोमा लटरम्म फल्ने कन्दमूल फल हो । यो फललाई दक्षिण अमेरिकामा ‘याकोन’ भनिन्छ । यसको बोट २ मिटरसम्म अग्लो हुन्छ र पातहरु हल्का झुस भएका हरिया र केही लाम्चो हुन्छन् । एउटा बोटको जरामा १५-२०को सङ्ख्यासम्म र १०-१५ केजीसम्म यसका फलहरु पाउन सकिन्छ । यस फलको एउटा दाना २.५ केजीसम्मको पनि पाइएको छ । यो फल ऐतिहासिक उद्गमस्थलको रुपमा दक्षिण अमेरिकाको ब्लमभबल क्षेत्र हो ।
यो फल बोक्रा ताछेर काँचै खाने चलन छ । जमीनबाट खनेर एक हप्तापछि खाँदा हल्का गुलियो र स्वादिलो हुन्छ । यस फलमा फलाम, क्याल्सियम, सोडियम, पोटासियम, क्लोरिन, म्याग्नेसियम, भिटामिन बी–१, बी–२ र भिटामिन सीजस्ता तत्वहरु पर्याप्त मात्रामा पाइने भएकोले अत्यन्तै पोषणयुक्त फल वा क्गउभच–ाययम को पङ्क्तिमा राखिएको छ । जमीनबाट खनेर एक हप्तापछि खाँदा गुलियो र स्वादिलो हुन्छ ।
भूइँस्याउका फाइदाहरु

– सेवनकर्ताको मेटाबलिज्म (पाचनक्रिया)मा तत्काल परिर्वतन हुन्छ ।
– उच्च फाइबरको मात्रा हुन्छ ।
– कोलेस्ट्रोल र मधुमेहलाई सन्तुलनमा राख्छ ।
– शरीरमा जम्मा भएको बोसोलाई शक्तिमा परिवर्तन गर्छ ।
– मोटोपन घटाउन सहयोगीको भूमिका खेल्छ ।
– पाचन शक्तिमा सुधार हुन्छ ।
– रोग प्रतिरोधात्मक शक्तिको क्षमतामा वृद्धि गर्छ ।
– प्राकृतिरुपमा ँइक् प्राप्त हुन्छ ।
समुद्री सतहदेखि १५ सय मिटरदेखि ३ हजार मिटरसम्म उचाइ दोमट बलौटे र खुकुलो माटोमा यसको उत्पादन राम्रो हुन्छ । यसलाई चैतको प्रथम हप्तादेखि वैशाखको दोस्रो हप्तासम्म रातो वा कलेजी रङ्गको गानोलाई रोप्न सकिन्छ । त्यस्तै, पोलीब्यागमा विरुवा हुर्काएर जेठ–असारमा पनि सार्न सकिन्छ । एक रोपनीमा ८ सय विरुवासम्म रोप्न सकिन्छ । यसको बाली लिने समय कत्तिक दोस्रो हप्तादेखि चैतसम्म हो । गाना रोपेदेखि हप्तामा एकपटक सिंचाइ गर्नुपर्छ भने आवश्यकताअनुसार २ पटक गोडमेल गर्नु पर्छ ।
एकसय ग्राम ताछेको भूइँस्याउमा निम्नानुसार पोषक तत्वहरु पाइन्छः पानी– ८५ देखि ९० न, ँइक्– ६ देखि १२ न, प्रोटिन ०.१ देखि ०.५ न, साधारण चिनी १.५ देखि ४ न, क्यालोरी १४ देखि २२ पअब,ि क्यालसियम ६ देखि १३ mन र पोटासियम १८५ देखि २९५ mन ।


नेपालमा समुद्री सतहदेखि १५०० मि. देखि ३००० मि.सम्मको भू–भाग धेरै भएकोले यसको व्यवसायिक उत्पादन गर्न प्रचुर सम्भावना रहेको छ । यसमा क्यालोरी कम, एन्टिअक्सिडेन्ट, भिटामिनलगायत शरीरलाई चाहिने धेरै तत्व पाइने भएकोले अति महत्वपूर्ण फल हो । मोटोपन र मधुमेहबाट बच्न तथा स्वस्थ्य रहन यो फल अति नै उपयोगी रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।
एकदशक पहिले काठमाडौं उपत्यकाभित्र र बाहिर नुवाकोटको ककनीमा पहिलोपल्ट यसको परिक्षणस्वरुप उत्पादन गरेको पाइन्छ भने त्यसपछि काभ्रे, मकवानपुर, गोदावरी ललितपुरमा छिटफुटरुपमा खेती गरेको पाइन्छ । इसिमोड नामक वातावरणीय संरक्षण गर्ने संस्थाले पनि केही वर्षदेखि नमुनास्वरुप यसको परिक्षण खेती गरिरहेको छ ।
विगत चार–पाँच वर्षदेखि केही जिल्लाका अगुवा किसानहरुले नुवाकोट, रोल्पा, रुकुम, मकवानपुर, गोरखा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गुल्मीलगायतका जिल्लाहरुमा संस्थागतरुपमै यसको व्यावसायिक उत्पादन गरिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार