बहुउपयोगी मेथी

 

मेथी साग तथा मसलाको रुपमा प्रयोग गरिने वनस्पति हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । यो हाम्रो भान्सामा अभिन्न अङ्गको रुपमा रहने गर्दछ । प्राचीनकालदेखि नै यसको औषधीय गुणका कारण तरकारी तथा औषधिको रुपमा यसको प्रयोग गरिँदै आएको छ । मेथीको बीउ एक बहुमूल्य औषधि मानिन्छ । यसले भोक बढाउने तथा सङ्क्रामक रोगबाट रक्षा गर्दछ । यसलाई खानाले पसिना आउँछ । शरीरको विजातीय तत्वलाई बाहिर निकाल्दछ । यसले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ ।

मेथीबाट बनेको लड्डु एक राम्रो टनिक हो, जो प्रसूतिपश्चात् ख्वाउने गरिन्छ । यसले शरीरको सारा व्याधी निर्मूल गर्ने तथा शरीरमा बच्चाको लागि दूधको मात्रा बढाउने गर्दछ । डायबिटिजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ । यसमा अमिनो एसिड हुन्छ, जो इन्सुलिन निर्माणमा सहायक हुन्छ । यसले थकान, कम्मर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ । यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मूल गरी केश र अनुहार कान्तिमय बनाउँछ । मधुमेहका रोगीका लागि मेथीदाना फाइदाजनक हुन्छ । एक कप पानीमा बेलुका मेथीदाना भिजाउने, बिहान पानी पिउने, मेथीदाना चपाएर खाएमा फाइदा हुन्छ । बाथ रोग मुटु रोगमा पनि मेथीदाना फाइदाजनक हुन्छ । मेथी, हल्दी, सौंठलाई समभागमा चूर्ण राखेर बिहान–बेलुका १–१ चम्चा तातो पानी या दूधमा सेवन गर्नाले जोड्नीको दुखाइ तथा सबै प्रकारको बाथ रोग र सुजन सुन्निएकोमा फाइदा हुन्छ ।
औषधीय गुण


मेथीदानामा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनिमिया रोक्नमा सहायक हुन्छ । मेथीदानामा रहने गुणका कारण मानिसको स्वास्थ्यको लागि यो अमृत समान रहेको छ । मेथीमा प्रोटिन, वसा, कार्बोहाइड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, म्याग्निसियम, पोटासियम, सोडियम, मैगनिज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ । यसले भोक जगाउ“दछ । यस्को नियमित सेवनबाट पित्त, बात, कफ तथा जरोको सिकायत रहन्न ।

यसमा सेल्युलोज, स्टार्च, शर्करा, म्युसिलेज, खनिज पदार्थ, एल्कोलायड र भिटामिन ए, बी, सी तथा फास्फोरिक एसिड, कोलाइन र ट्राइगोनेलिन एल्केलाइड्स, गोंद, लेसीथिन, स्थिर तेल, एलब्युमिन प्रोटिन, पहेँलो रङ्गको रजक तत्व पनि पाइने गर्दछ । मेथीदानालाई अनेकन औषधीय प्रयोग गर्न सकिन्छ ।
विशेष सावधानी 

मेथी को स्वभाव गर्म हुन्छ । अधिक मात्रामा सेवन गरेमा पित्त बढ्दछ । पित्तजन्य रोगमा तथा उष्ण प्रकृतिवाला व्यक्तिले यसको सेवनमा परहेज गर्नुपर्दछ । नाकबाट रगत बगेको अवस्थामा, खूनी बवासिर भएमा, पिसाबमा रगत आएमा, मासिक धर्ममा कैयौँ दिनसम्म रगत आएमा यस्ता व्यक्तिहरुले गर्मीको मौसममा मेथीको प्रयोग कम गर्नुपर्दछ । सर्दीको समयमा मेथीको प्रयोग गर्नु राम्रो हुन्छ । मेथीको दानाको चूर्ण ३ ग्रामदेखि ६ ग्रामसम्म प्रतिदिन लिन सकिन्छ ।
कसरी स्टोर गर्ने ः सग्लो मेथी दानालाई आवश्यकताअनुसार पाउडर या दरदरा पिँधेर यसको उपयोग गर्न सकिन्छ । यसलाई सकेसम्म ताजा नै पिँधेर काममा ल्याउनुपर्दछ । धेरै दिनसम्म पाउडर राखेमा यसको वासना तथा महक र ताजापन रहन सक्दैन । यसको ताजापन कायम राख्न एयर टाइट भएको भा“डोमा राख्नुपर्दछ ।
अनुहार सुख्खा भएमा ः मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान–बेलुका अनुहारमा लगाउने गरेमा डण्डिफोर, चाया“, दाग, दाद विस्तारै ठीक हँुदै जान्छ । ०००

यसमा तपाइको मत

अन्य समाचार