पानी र हाम्रो स्वास्थ्य

 

पानीबिनाको हाम्रो जीवनको कल्पना पनि गर्न सकिँदैन । पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्य स्वीकारेका छन् । जीवन जिउनका लागि पानी अत्यन्त महत्वपूर्ण तत्व हो । पृथ्वी र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका छौँ । हाम्रो शरीर रचनामा सर्वाधिक (६०–७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्षरुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगिक नै पानी हो ।
हाडजस्तो कठोर अङ्गमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ । विभिन्न जैव–रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा आफैँ पनि संलग्न हुने, विभिन्न तत्वको परिवहन गर्ने र गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पु¥याउने काम पनि पानीले नै गर्छ ।
एउटा वयष्क पुरmषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ । शरीरमा रहने पानीको दुई तिहाइ हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाइ हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको सन्तुलन बनाइरहनका लागि लगभग दैनिक तीनदेखि पा“च लिटर पानीको आवश्यकता पर्छ । जसमध्ये ७०० मिलिलिटर (मिलि) पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३०० मिलि पानी शरीरभित्रै उत्पन्न हुने गर्छ । बाँकी हिस्सा भने पानी पिएर नै पूरा गर्नुपर्छ ।
यसैगरी शरीरबाट हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर, ४०० मिलि पानी श्वाससँगै घुलेर, १५० मिलि पानी दिशास“ग मिसिएर र बा“की पानी पिसाबका रुपमा बाहिर जान्छ ।
पानी पिउनुका फाइदा


पानीले शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउँछ ।
उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिनजस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरसजस्ता इलेक्ट्रोलाइट (नुन)हरु र अन्य उत्पादनलाई निष्काशन गरी रगत शुद्धीकरणमा सहयोग पु¥याउँछ ।
छालाको सौन्दर्यलाई जीवन्त राख्छ । मांसपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारm राख्न मद्दत गर्छ । कोषहरुमा हुने अक्सिडेटिभ स्टेरस निवारण गर्न सहयोग गर्छ ।
पाचनपश्चात् आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरु निकाल्नका लागि पनि पानी आवश्यक पर्छ ।
तीर्खा लाग्नुभन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने, कमलपित्त, मिर्गाैला तथा पित्त थैलीका पत्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिद्रा, एसिडिटी, ग्याष्ट्रिक, अल्सर, कब्जियत, अर्स, मधुमेह, चाया, पोतो, डण्डिफोर, महिनावारीको गडबडी, श्वेतप्रदर, हार्मोनहरुको गडबडी, कोलेरेस्टेरोल बढ्ने–घट्नेजस्ता रोग लाग्नबाट बचाउँछ । यी रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्छ ।
कति पानी पिउने ?


पानीको मात्राको निर्धारण व्यक्तिको कार्यप्रकृति र मौसममा निर्भर गर्छ । सामान्य काम गर्ने मान्छेले दैनिक तीनदेखि चार लिटर पिउन जरmरी छ । अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउन जरmरी छ ।
सामान्यतया पुरmषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले ज्यादा पानी पिउन जरmरी छ । सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउन आवश्यक छ ।
कसरी पिउने पानी ?
तीर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो । त्यसैले तीर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौँ । एकै पटक धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि राम्रो होइन ।
बिहान उठ्नेबित्तिकै लगभग १२०० मिलिजति पानी पिउनु स्वस्थकर हुन्छ । यसो गर्दा रातभर सुत्दा हुन सक्ने डिहाइड्रेसन (निर्जलता) कम गर्न सहयोग गर्छ ।


ठोस भोजन गर्नुभन्दा एक घण्टापहिले र गरेपछि दुई घण्टा पछिसम्म पानी पिउनुहुँदैन । भोजन निल्न कठिन भएमा १० मिलिजति पानी लिन सकिन्छ तर भोजन लिइसकेपछि पानी लिएमा पाचन रसहरुको पाचनशक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठिन हुन्छ । फलतः विभिन्न प्रकारका पेटका रोग लाग्न सक्छन् ।
राति सुत्नुभन्दा अगाडि पनी प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्छ । यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको सिकार हुँदैन ।
यसका अलवा दैनिक एक–एक घण्टाको अन्तरालमा एकदेखि दुई ग्लास पानी पिइरहनुपर्छ ।
खेल्दा, कुद्दा र परिश्रम गर्नुभन्दा आधा घण्टापहिले प्रशस्त पानी पिउनु राम्रो हो । तर परिश्रम गरिरहेको समयमा वा श्रमपश्चात् लगत्तै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइट (नुन) हरुको सन्तुलन बिग्रन गई आपतकालीन स्थिति पनि आउन सक्छ । साथै, श्रमको समयमा पानी पिउँदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दबाब पर्न जान्छ ।
तीर्खा लागेको बेलामा पानी नै पिउने गरौँ, कोल्ड ड्रिङ्क्स तथा अन्य पेय होइन ।
पिसाबलाई पहेँलो हुन नदिऊँ, स्वस्थ मान्छेमा पहेँलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो ।
त्यसैले पानी मात्रा र समय मिलाएर पिऊँ, आफ्नो स्वास्थ्यको ख्याल राखौँ । स्वास्थ्य नै धन हो भन्ने कुरालाई सधैँ मनन गरौँ ।

प्रस्तुति :– नवीनकिरण भुसाल

यसमा तपाइको मत

अन्य समाचार