सुन्दरलाई नेपाली काँग्रेस ललितुपर क्षेत्र नं. १को जिम्मा

काठमाडौं,
वैशाख २७ ।
नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. १ को चुनाव प्रचारप्रसार समितिको संयोजकमा सचिव सुन्दरमान थिङलाई जिम्मा दिइएको छ । वर्तमान क्षेत्रीय सचिव थिङलाई कार्यवाहक सभापितको पनि जिम्मेवारी दिइएको छ । स्थानीय निवार्चन सम्पन्न नभएसम्मका लागि उनलाइ सभापति राजनप्रसाद घिमिरेले कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।


वर्तमान क्षेत्रीय सभापति राजनप्रसाद घिमिरे कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार भएपछि सचिव सुन्दरमान थिङलाई उक्त जिम्मेवारी दिइएको हो । महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरेले दिएको जानकारी अनुसार प्रचारप्रसार समितिमा ललितपुर क्षेत्र नंं. १ भित्रका नेपाली काँग्रेसका सबै पदाधिकारीहरु सहित सम्पूर्ण क्रियाशील सदस्यहरु रहने छन् ।

सुन्दरमान थिङ नेपाली कांग्रेस ललितपुर क्षेत्र नंं. १ मा अन्तन्तै क्रियाशील व्यक्तित्व सहेत हुन् । उनी १२ औँ महाधिवेशनबाट क्षेत्रीय सदस्यमा निर्वाचित भएका थिए भने उनले पार्टीका विभिन्न तहमा रहेर काम गरिसकेका छन् । ललितपुरको मानिखेलमा जन्मेका उनी यो क्षेत्रमा नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छन् । ‘नेपाली कांग्रेसको नेतृतवमा मात्रै ललितपुर क्षेत्र नं. १ को विकास सम्भव छ यो पटकको स्थानीय निर्वाचनमा ललितपुर क्षेत्र नं. १ मा रहेका ३ वटै गाउँपालिकामा नेपाली कांग्रेसको विजय सम्भव छ’, उनले भने । लोकतन्त्रलाई आत्मसाथ गर्दै लोकतन्त्रको रक्षार्थ आफू हरेक चुनौती र जिम्मेवारीलाई वहन गर्ने उनले वताए । ‘समाज निर्माण र बिकास मा सधै स्वयम् सेवक भएर काम गर्ने प्रतिबद्धता गर्दछु’ उनले भने ।

यसमा तपाइको मत

अन्य समाचार