काठमाडौं,
वैशाख २० ।
जापानको ब्राण्ड ‘पाइतेन’को नेपालमा विक्रि शोरुम सञ्चालनमा आएको छ । बौद्धमा रहेको उक्त शोरुमको नेपालका लागि जापनीज राजदुत मासासी ओगाआ र नायिका स्वेता खड्काले रिवन काटेर उद्घाटन गरेका थिए ।

जापानीज प्रोडक्ट पाइतेनको शोरुम उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि जापनीज राजदुत मासासी ओगाआले पाइतेनको उत्पादनहरु स्वस्थ्यका लागि उपयोगी भएको हुँदा यसबाट नेपालीहरुले फाइदा लिनसक्ने विश्वास व्यक्त गरे । सोहि कार्यक्रममा बोल्दै नायिका स्वेता खड्काले भनिन् ‘जब म दुःखको घडीमा थिए । त्यतिबेला मैले ‘पाइतेन’ प्रोडक्टकै सामाग्रीहरु प्रयोग गरेको थिए । यसबाट आफुलाई धेरै नै उपयोगी सिद्ध भएको बताइन् ।

पाइतेनको नेपालका लागि आधिकारिक विक्रेता एन.एम.सि. युनिर्भसल प्रा.लिका प्रबन्ध निर्देशक ग्याल्जेन लामाले पाइतेन कम्पनिका उत्पादनहरु नेपालीका लागि एक दम उपयोगी रहेको बताए । हाम्रो स्वास्थ्यलाई ध्यानमा राखेर प्रविधिको प्रयोग गरेर उत्पादन गरिएको उनले जानकारी दिए । हामीलाई आवश्यक पर्ने विभिन्न वडी केयर, हेयर केयर, रिङ, ब्रास्लेट लगायतका वस्तुको उत्पादन गरिरहेको छ । यसले हाम्रो शरिरलाई सजिलो महशुस हुनुका साथै फाइदा पनि गर्दछ । सबै उत्पादनहरु प्रविधिको प्रयोग गरेर उत्पादन गरिएको उनले जानकारी दिए ।






