काठमाडौं,
वैशाख १३ ।
अनुब पाण्डे र आगा लामाको स्वरमा ‘शुन्य शुन्य….’ बोलको म्युजीक भिडीयो रिलीज भएको छ । रमेश दाहालको शब्द तथा टिका दाहालको सङ्गीत रहेको म्युजीक भिडीयोलाई शान थापाले तयार पारेका हुन् ।
‘जरुरि छैन मायामा सात जुनी जिउन एक पल आफ्नो मायालाई समर्पित गर’ कथा बोल्ने म्युजीक भिडीयोमा रिमा बिस्वकर्मा र बिकास लामिछानेको अभिनय देख्न सकिन्छ । टौवा क्रियसनले तयार पारेको भिडीयोमा मिलन शंकरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।






