सप्तरी,
वैशाख ४ ।
हास्यकलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सप्तरीको गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहिन परिवारका लागि घर निर्माण गर्ने भएका छन् ।
एक कार्यक्रमबीच सिताराम कट्टेल र कुन्जना घिमिरेले उक्त घर निर्माणको सिलन्यास गरेका छन् । सप्तरिमा रहेको एक दलित बस्तीका दृष्टिबिहिनको लागि घर बनाउन यी दूई जुटेका हुन् ।
जिग्री पाँडे फाउन्डेसन स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् । सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् । तीनवटा घर निर्माण हुन तयारीमा रहेका उनीहरुले ३५ देखि ४० लाख रुपैया लाग्ने अनुमान गरेका छन् ।






