अन्ततः दोलखामा बन्ने भयो फिल्म सिटी

काठमाडौं,

३१ चैत ।
दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिए पछि अब यहाँ चलचित्र नगरी बन्ने पक्का भएको हो ।

मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ ।
सम्झौता पत्र फिल्मसिटी निर्माण सहयोग समितिका संयोजक विशिष्ट कलाकार मदनदास श्रेष्ठ र सह संयोजक कुमार ध्वज कार्किले चलचित्र विकास बोर्डमा अध्यक्ष राजकुमारलाई हस्तान्तरण गरेका छन् । यसै आर्थिक वर्षबाट फिल्म सिटीको कार्य प्रारम्भहुने चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार