लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१७

काठमाडौं,
चैत २९ ।

लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१७ आयोजना गर्ने भएको छ । एएनपी मिडिया हाउसले राजधानीमा यो प्रतियोगिता गर्न लागेको हो । हाउसका प्रवन्ध निर्देशक लबबहादर कार्कीले राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि यो प्रतियोगित आयोजना गर्न लागिएको हो ।

कार्यक्रमले विद्यालयस्तरका बालकालिकाहरुको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै यसपालिको अन्तिम परीक्षापछिको बिदा तथा नयाँ शैक्षिक सत्र शुरु अघिको समयको सदुपयोग हुने विश्वास उनले व्यक्त गरेका छन् ।

शम्भुप्रसाद रेग्मीको संयोजन तथा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा हुने प्रतियोगिता आगामी बैशाख १४ गते बिहिबारका दिन जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगिता काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगिताको अन्तिम स्पर्धाका लागि राजधानीका विभिन्न स्कुलमा अध्ययनरत जोश्ना आचार्य, सरायु साउद, रक्षा गजुरेल, नित्या लम्साल, रजना अधिकारी, लुईस महर्जन, सुहना श्रेष्ठ, जेनिशा डंगोल, जीस्ना ज्ञामी मगर, सैमा मल्ल, गृष्मा नेपाल, अंकिता थापा, दिया श्रेष्ठ, सीम्रीका श्रेष्ठ, जिया पौडल, आर्जु खरेल, सुप्रिया पराजुली, अर्कषण श्रेष्ठ, राजन तामाङ, सचिन राई, बिवेक गजुरेल, निक्सन बखती, राजु लामा, दिक्षित थापा मगर, समृद्धि तिमल्सीना, स्नेहा मानन्धर, सुशिला राना मगर, मुना श्रेष्ठ, स्मृती कार्की, अञ्जना लामा, श्रृती बस्नेत, पुष्पा गुरुङ, सुजिता कार्की, सम्पदा गौतम, वर्षा थापा मगर, सबिना तामाङ, अनुषा ढुंगेल, सलोनी अधिकारी, मीस्टी तामाङ, सुदिक्षा अधिकारी, शिवम् तामाङ, विजय तामाङ, आभाष पुन मगर र सरगम थापा मगर गरी कुल ४५ जना बालबालिका सहभागी हुनेछन् ।
अन्तिम स्पर्धामा जानुअघि सहभागी बालबालिकालाई सम्बन्धित विधाको विज्ञहरुद्वारा व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङको ज्ञानलगायतमा विषयमा तालिम र ज्ञान प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार