‘हे कान्छी’ सार्वजनिक

काठमाडौं
चैत २७ ।

इन्दिरा गुरुङको प्रस्तुतिमा तयार भएको एल्बम ‘वियोग’मा रहेको ‘हे कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पार्वती राई र सुमित गुरुङले फिचरिङ गरेका छन् ।

गीतमा शान्त गजल गुरुङको स्वर, शब्द र सङ्गीत छ । मुनाल फिल्मस्ले बनाएको भिडियोमा क्यामरा र सम्पादन खिमबहादुर गुरुङको छ भने कोरियोग्राफी र निर्देशन लक्ष्मण गुरुङको छ ।
एल्बममा ६ वटा गीत छन् ।

भिडियो पोखरा आसपासमा छायाँकन गरिएको निर्देशक गुरुङले बताए । गुरुङ लामो समयदेखि अमेरिकाको न्यूर्योकमा बस्दै आएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार