पुनःनिर्माण अभियानमा युवाहरुको सक्रियता

काठमाडौं,
चैत २२ ।
विपतदमा परेका विद्यालय भवनहरु लाई सरकाले मात्र होइन नागरीकले पनि आफ्नो क्षेत्रबाट सकेजति सहयोग गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै लामो समय देखी शिक्षा क्षेत्रमा कामगर्दै आएको सँस्था घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल) विनासकारी भूकमम्प पछि भत्किएका विद्यालय भवन पुनःनिर्माणमा निकै अगाडि देखीएको छ । आजसम्म घाँसी नेपालले पाँच वटा विद्यालय भवन निर्माण गरिसकेको छ भने तारे भिर प्रा.वि. निर्माणको क्रममा छ ।

गोकणेश्वर न.पा.७ बालुवा गाँउ स्थित तारेभिर प्रा.वि.को विद्यालय भवन बौद्ध धर्मका धर्म गुरु तुल्कु छेएकीनिमा रिम्पोचे र आनि छोइङ डोल्माले धार्मीक विधि अनुसार भूमी पूजा गरेर २०७३÷१२÷२० गते बाट काम अगाडी बढेको थियो ।

उक्त भवन निर्माणको लागी स्थानिय युवा तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण तामाङ र भूपू अध्यक्ष विकास तामाङको अग्रसरतामा बालुवा गाउँका १९ जनायुवाहरुले भवन पुन: निर्माणको कार्यलाई श्रमदान गरेर सहयोग गरेका छन् । श्रमदानमा सिरक युवाहरुलाई घाँसी नेपालका अध्यक्ष माधव घिमिरेले धन्यवाद व्याक्त गर्दै आगामी दिनमा यसरिनै युवाको एकता बढेमा देश विकास गर्न धेरै समय नलाग्ने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

अन्य समाचार