‘लुकी लुकी..’सार्वजनिक

काठमाडौं,
चैत्र ७,
पछिल्लो समयका चर्चित गायक युवराज चौलागाइको स्वर रहेको गीत ‘लुकी लुकी..’भिडियो सहित सार्वजनिक भएको छ । हाइलाइन्टस् नेपाल मार्फत सार्वजनिक गीतको भिडियो रोमान्टिक थिममा तयार गरिएको छ ।
भिडियोमा अभिनेत्री समेत रहेकी मोडल अनु शाह र रबि अधिकारीको साथमा कोरस कलाकारको समेत अभिनय देखन सकिन्छ । गोदावरी र किर्तिपुरको चम्पादेबी लगायत स्थानमा छायाँकन भएको भिडियोमा राकेश शाहीको कोरियोग्राफी रहेको छ ।
रिमेश कुमारको संगीत रहेको गीतको भिडियो महेन्द्र थापाले छायाँकन गरेका हुन् भने सम्पादन दिपक लामाले गरेका छन् । भिडियोलाई नेपाल सास्कृतीक कला मन्दिरले निर्माण गरेको हो ।

 

यसमा तपाइको मत

अन्य समाचार