लघु चलचित्र मेरो भ्यालेन्टाइन सार्वजनिक

 

काठमाडौं
फागुन २ ।

नेपाली समाजमा पनि पछिल्लो समय भ्यालेन्टानको चर्चा निक्कै हुन थालेको छ । पछिल्लो पुस्ताले यसलाई पर्वकै रुपमा मनाउन थालेको छ । पे्रmबुअरी १४लाई भ्यालेन्टान डे को रुपम मनाइने भए पनि यस प्रेम दिवसलाई एक हप्ता देखिनै विभिन्न डेका रुपमा मनाउँने गरिन्छ ।

नेपाली समाजमा यो दिवसले आफ्नो स्थान बनाउँदै गर्दा विभिन्न म्युजिक भिडियो र छोटा चलचित्र पनि बन्न थालेको छन् । यसै मेसोमा कोचे नेपाल बाट लघु चलचित्र मेरो भ्यालेन्टाइन सार्वजनिक भएको छ ।

तारेकेश्वर कला प्रतिष्ठानको प्रस्तुती रहेको मेरो भ्यालेन्टाइनमा सविता गजमेरको कथा÷पटकथा रहेको छ । सत्यम कार्की, सविता गजमेर, कञ्चन चालिसे, आयुस ऐरको अभियन रहेको यस लघु चलचित्रलाई प्रशन्न रिमालले निर्देशन गरेका छन् भने श्याम बरालको छायाँकन रहेको छ । यसलाई अर्जनु रञ्जितले निर्माण गरेका हुन् ।

 

यसमा तपाइको मत

अन्य समाचार